
६ कात्तिक, वीरगञ्ज । बारामा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।
कलैया उपमहानगरपालिका–८ का २२ वर्षीय सोहेल अन्सारी, वडा नम्बर–३ का २० वर्षीय राकेशप्रसाद यादव र बारागढी गाउँपालिका–४ का २४ वर्षीय रामकिशोर हजरा पक्राउ परेका हुन् ।
कात्तिक २ गते कलैया बरगाछीबाट हराएको प्रदेश २–०३–०१३ प ४९५६ नम्बरको मोटरसाइकलका पार्टसहरू सहित कात्तिक ४ गते सोहेल पक्राउ परेका थिए ।
बाँकी दुई जनालाई ५ थान चोरीको मोटरसाइकलसहित पक्राउ गरी चोरी मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4