+
+

उपेन्द्र र सीके राउतका प्रतिस्पर्धी जयप्रकाशले ल्याए २६ बुँदे प्रतिबद्धता पत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ६ गते १८:५५

६ कात्तिक, सप्तरी । सप्तरी–२ का लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जयप्रकाश ठाकुरले २६ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतका प्रतिस्पर्धी ठाकुरले आइतबार प्रतिवद्धता पत्र सार्वजनिक गर्दै स्थानीय तहमा एक हजार व्यक्तिलाई रोजगारी दिने घोषणा गरेका छन् । उद्योगविहीन रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विभिन्न उद्योगको स्थापना गरिने उनले बताएका छन् ।

वैदेशिक रोजगारीलाई निरुत्साहित गर्ने र आफ्नै भूमिमा रोजगारी सिर्जना गर्न सीपमूलक तालिम र आयआर्जनका विभिन्न कार्यक्रम सञ्चालनमा ल्याउने ठाकुरले प्रतिबद्धता जनाएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा गाउँदेखि नगर जोड्ने पक्की सडक सञ्जालको विस्तार गर्ने, सुशासन कायम गर्नेजस्ता प्रतिबद्धता पनि ठाकुरले गरेका छन् ।

जिल्लाकै सबैभन्दा पुरानो महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसलाई स्तरोन्नति गरी गुणस्तरीय शिक्षा र आवश्यक जनशक्तिको प्रबन्ध मिलाउने, गजेन्द्रनारायण सिंह अस्पतालको स्तरोन्नति र आवश्यक उपकरण तथा जनशक्तिको व्यवस्था मिलाउने उनले बताएका छन् ।

भारतसँगको सीमावर्ती क्षेत्र निर्मलीसम्म सञ्चालनमा रहेको रेल सेवालाई जिल्लासम्म पुर्‍याउन र भारतीय सहयोगका अलपत्र योजना सम्पन्न गर्न अगुवाइ गर्ने पनि ठाकुरले घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?