
६ कात्तिक, काठमाडौं । नेपाल फार्मेसी परिषद्को २० औं नाम दर्ता (लाइसेन्स) परीक्षामा ६५ प्रतिशत परीक्षार्थी मात्र फेल भएका छन् ।
परिषद्ले शनिबार लिएको फर्मासिस्टतर्फको लाइसेन्स परीक्षामा उपस्थित ७४७ मध्ये ६५ प्रतिशत अर्थात ४८३ परीक्षार्थी फेल भएका छन् । परीक्षाका लागि कुल ७९६ निवेदन परेको मध्ये २६४ विद्यार्थी मात्रै पास भएको परिषद्ले जनाएको छ ।
परिषद्ले पहिलो पटक बायोमेट्रिक प्रणालीबाट परीक्षा लिएको थियो । परीक्षा विहान १० बजे देखि सानोभर्याङस्थित नेपाल सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4