+
+

आज आउँछ भनिएको कांग्रेसको संकल्पपत्र कहिले आउँछ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ७ गते ८:२५

७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संकल्प पत्र सार्वजनिक कार्यक्रम अनिश्चित बनेको छ ।

आज सोमबारका लागि तय गरिएको कार्यक्रम स्थगित भएसँगै संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम अनिश्चित बनेको हो ।

आजका लागि तय भएको कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिए ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९ को सङ्कल्प पत्र आज बिहान साढे १० बजे पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्ने तय भएको थियो ।

आजका लागि तय भएको कार्यक्रम स्थगित भए पनि अर्को कार्यक्रमको मिति तय भएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?