
नेपाल केही समयदेखि अर्थतन्त्रमा प्रतिकूल असरबाट गुज्रिरहेको छ। हाल नेपालमा सबैभन्दा ठूलो समस्यामध्ये एक महँगी पनि रहेको छ। डलरको मूल्य वृद्धि भएसँगै नेपाल महँगीको मारमा परेको छ किनकि नेपालले निर्यातको तुलनामा आयात एकदमै बढी गर्दछ। अन्तर्राष्ट्रिय बजारमा चलेको मुद्रा अमेरिकी डलर दिन प्रतिदिन महँगिदै गएकोले यो समस्या देखा परिरहेको छ।
मुद्रा कसरी मूल्यवान हुन्छ भन्ने कुराभन्दा पनि आफ्नो मुद्रा कसरी स्थिर राख्ने भन्ने सवाल महत्वपूर्ण हुन्छ। त्यसैले नेपाल जस्ता अल्पविकसित देश अन्य मुलुकसँग पेग प्रणालीमा आवद्ध भई मुद्राको मूल्य स्थिर राख्ने गर्दछन्। हाल नेपालले भारतसँग पेग विनिमय दरबाट मुद्रा स्थिर राखेको छ। सामान्यतया विकासशील देशहरू मुद्राको स्थिरता खोज्दछन् किनकि डलरसँग वा विकसित राष्ट्रसँग पेग गरी अपेक्षाकृत स्थिर र संकटमा स्थान सुरक्षित गर्न सकिने मान्यताको आधार विकसित देशको रहेको हुन्छ।

मुद्राको मूल्य कुल आपूर्ति र मागद्वारा निर्धारण गरिने हुँदा आपूर्ति र मागको आधारमा व्याजदर, मुद्रास्फीति, मुद्रा आपूर्ति, पूँजी प्रभाव सहित अन्य धेरै कारणद्वारा मुद्राको मूल्य प्रभावित हुन्छ र यसलाई विनिमय दरमार्फत निर्धारण गरिन्छ जुन स्थिर दर र अस्थायी दर प्रणाली हुन्।
आम नागरिकमा पर्ने असर
यदि तपाईं विदेशमा सेवा तथा उत्पादन बेच्ने काममा जोडिनुभएको छ भने विनिमय दरको परिवर्तनले तपाईंलाई प्रत्यक्ष प्रभाव पार्नेछ। यदि तपाईंको क्रेता विदेशी हो र तपाईंलाई उसले भुक्तानी गर्नुपर्नेछ भने उसले भुक्तानी गर्दा आफ्नो पैसालाई तपाईंको पैसामा (नेपाली पैसामा) परिवर्तन गरी पठाउनुपर्ने हुन्छ। जसले गर्दा इन्भोइस जारी गरेको मिति र भुक्तानी मितिमा विनिमय दर बढ्नाले तपाईंले कम भुक्तानी पाउनुहुनेछ।
नेपाली आयातकर्तालाई अमेरिकी डलर वृद्धि भएको बेला महँगो रकममा सामान किन्नुपर्नेछ भने निर्यात गर्ने बेला सस्तोमा भुक्तानी प्राप्त गर्नेछ। यो सामान्यतया इन्भोइस जारी र भुक्तानी मितिको समय परिवर्तनले झन् प्रत्यक्ष प्रभाव पार्नेछ।
यदि तपाईं नेपालमै मात्र व्यापार गर्नुहुन्छ भने त्यसबेला विनिमय दरले तपाईंलाई अप्रत्यक्ष रूपमा असर गरिरहेको हुन्छ। उदाहरणका लागि यदि तपाईं काठमाडौंमा कपडा खरिदबिक्री गर्ने व्यापार गर्नुहुन्छ भने तपाईंले खरिद गर्दा डलरसँग विनिमय दर बढेको कारण निर्यातकर्ताले सामान महँगोमा दिन्छ। तपाईंले पनि त्यसलाई महँगो दरमै बेच्नुपर्ने हुन्छ। यसरी महँगो दरमा बेच्दा तपाईंका नियमित ग्राहक खुसी नहुन सक्छन्। साथै व्यापार कम भई सामान स्टक राख्नुपर्ने हुन्छ। अपेक्षित समयसम्म पनि बिक्री नहुँदा लगानीको ब्याज पनि उठाउन मुस्किल भई घाटाको व्यापार गर्नुपर्ने अवस्था आउन सक्दछ। पैसा छिटोछिटो नचल्दा नोक्सानीको व्यापार हुन सक्दछ।
यस्तै यदि तपाईं अन्य कुनै पनि व्यापारसँग नजोडिने एक जागिरे हो भने पनि डलरको मूल्य वृद्धिले तपाईंलाई पनि अछुतो राख्दैन। दैनिक उपभोग्य सामानको मूल्य आकाशिन्छ। डलरको मूल्य वृद्धिसँगै नागरिकको जीवन पद्धति पनि महँगो हुन्छ। उदाहरणका लागि, यदि तपाईं मोटरसाइकल वा कार चढ्नुहुन्छ भने इन्धनको मूल्यका कारण तपाईंले १० किमी जान पहिलेभन्दा केही रकम बढी खर्च गर्नुपर्ने हुन्छ। इन्धन महँगो आयात भएमा तपाईंलाई सरकारले महँगोमा नै बेच्नुपर्ने हुन्छ।
नेपालमा डलरको मूल्य वृद्धि हुँदा सबै क्षेत्रमा भने प्रतिकूल असर पर्दैन। सामान्यतया बढी निर्यात गर्ने हुँदा बढी प्रतिकूल असर परे पनि केही क्षेत्रमा अनुकूल प्रभाव पनि पर्ने गर्दछ। यसले नेपाली निर्यातकर्ताहरूलाई फाइदा हुन्छ। पर्यटन व्यवसायीले विदेशी पर्यटक भित्र्याउँछन्। यसबाट महँगो डलर भित्रिन्छ। तर उनीहरूलाई दिने सेवाको लागत मूल्य महँगीका कारण बढेकै हुन्छ ।
प्रतिक्रिया 4