+
+

दूतावासको निम्तोमा हिमानी, बालेनसँग के भयो कुराकानी ?

सोल्टीमा भेटिन् हिमानीले बालेन

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ७ गते १३:२४

७ कात्तिक,काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई पूर्वराजपरिवार सदस्य हिमानी शाहले भेटेकी छिन् ।

कतार राजदूतावासले काठमाडौंको सोल्टी होटलमा फिफा विश्वकप २०२२ को सन्दर्भमा आयोजना गरेको भोजमा सरिक हुन पुगेका मेयर साह र हिमानीबीच भेट भएको हो ।

भेटमा हिमानी शाहले बालेनलाई काठमाडौंको मेयरमा निर्वाचित भएकामा बधाई दिएकी बालेनको सचिवालयले जानकारी दिएको छ । युवाहरूले राजनीतिमा हस्तक्षेप गरेको दृष्टान्त पेश गरेकामा उनले धन्यवाद समेत दिएकी थिइन् ।

बालेन टिमका एक सदस्यका अनुसार हिमानी शाहले अहिले पूर्वराजपरिवारभित्र बालेनले गरेको कामको चर्चा हुने गरेको बताएकी थिइन । ‘उहाँ (हिमानी शाह) ले पहिले नै भेट्न खोज्नुभएको रहेछ । आज सन्दर्भ परेर भेट भयो । ३–४ मिनेट कुराकानी भएको थियो’, ती सदस्यले भने ।

भेटमा मेयर बालेनभन्दा हिमानीले नै बढी कुरा राखेको सचिवालयको भनाइ छ । ‘काठमाडौं महानगरमा भइरहेको कामको विषयमा धेरै कुरा भयो, राजनीतिको विषयमा खासै कुरा भएन तर उहाँले राजपरिवारमा स्वतन्त्र राजनीतिक शक्तिको चर्चा हुँदा बालेनको विषय सधैं आउने बताउनुभएको थियो’ बालेनको सचिवालयका ती सदस्यले भने ।

हिमानीले बालेनको परिवारबारे पनि चासो राखेकी थिइन् । उनीहरुबीचमा अंग्रेजीमा कुराकानी भएको थियो । कतार दूतावासले गरेको कार्यक्रममा पूर्वराजपरिवारलाई बोलाइनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?