+
+

गोदावरी पुष्प मेलामा ८१ लाखको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ७ गते १४:५७

७ कात्तिक, काठमाडौं । ललितपुरमा आयोजित १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आइतबार सकिएको छ ।

मेलामा ८१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको मेला आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । मेलामा ४४ हजार पाँच सयले अवलोकन गरेको पनि तामाङले बताए ।

चार दिनसम्म सञ्चालनमा आएको मेला अपेक्षा गरिएभन्दा पनि सफल भएको एसोसिएसनले जनाएको छ । तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको मेला आयोजना गरिएको हो ।

फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यावसायिक प्रबर्द्धन गर्ने उद्देश्यअनुरूप मेला आयोजना गरिएको मेलामा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल दुई र सूचनामुलक चार गरी ५५ स्टल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?