
काठमाडौं । बलिउडमा थुप्रै सेलिब्रिटीले विवाहपछिको पहिलो दीपावली मनाएका छन् । रणवीर कपुर-आलिया भट्ट, कट्रिना कैफ-विक्की कौशल, नयनतारा-विग्नेश शिवन लगायत सेलिब्रिटीको दीपावली यस वर्ष विशेष रह्यो ।
आलियाले प्रेग्नेन्सी लुक्समा सोमबार दीपावली मनाइन् भने नयनताराका लागि अरु खास रह्यो । गत ९ जुनमा विग्नेशसँग विवाह गरेकी नयनताराले आफ्ना जुम्ल्याहा बच्चाका साथमा विवाहपछिको पहिलो दीपावली मनाइन् । केही दिनअघि आफूले जन्म दिएका जुम्ल्याहा बच्चाको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै नयनताराले चाडको खुसी साटेकी छन् ।
उनीहरुले आफ्ना बच्चाको झलक दिंदै तस्वीर र भिडियो सार्वजनिक गरेका छन् । भिडियोमा नयनतारा र विग्नेश जुम्ल्याहा बच्चालाई लिएर उभिएको देखिन्छ ।
विवाहको चार महिनापछि नै आमा बनेकी नयनताराले विभिन्न प्रश्नको सामना गर्नुपरेको थियो । यस विषय उनलाई गत जुनमा मात्रै परम्परागत विवाह भए पनि कोर्ट म्यारिज भने ६ वर्षअघि नै गरेको बताउने गरेकी छन् ।
प्रतिक्रिया 4