+

प्रधानमन्त्री कप क्रिकेट : राजु रिजालको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा

२०७९ कात्तिक  ८ गते १४:५५ २०७९ कात्तिक ८ गते १४:५५
प्रधानमन्त्री कप क्रिकेट : राजु रिजालको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा

८ कात्तिक, काठमाडौं । कात्तिक १३ देखि २६ गतेसम्म काठमाडौंमा हुने प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा भएको छ ।

प्रादेशिक क्रिकेट संघले असोज ३१ देखि कात्तिक ६ गतेसम्म कैलाली र कञ्चनपुरमा आयोजना गरेको प्रादेशिक छनोट प्रतियोगितापछि प्रादेशिक छनोट समितिले राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

प्रतियोगितामा सुदूरपश्चिम समूह ए मा रहेको छ । यस समूहमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र गण्डकी प्रदेश छन् । समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र प्रदेश १ छन् ।

सुदूरपश्चिम प्रदेशले आफ्नो पहिलो खेल गण्डकी प्रदेशसँग कात्तिक १४ गते कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल्नेछ ।

सुदूपश्चिमको टोली : राजु रिजाल (कप्तान, विकेट किपर), बसन्त खत्री (उपकप्तान), नारायण जोशी, शेर मल्ल, बसन्त कार्की, हेमन्त धामी, मिलन बोहरा, दीपक टमाटा, गजेन्द्र बोहरा, वीरेन्द्र नाथ, नरेन साउद, कैलाश ऐर, टेक रावल, गजेन्द्र भण्डारी

वैकल्पिक : खडकबहादुर बोहरा, विरेन्द्र वम, कृष्ण भट्ट र स्मित बुढा

क्रिकेट प्रधानमन्त्री कप क्रिकेट राजु रिजाल सुदूरपश्चिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय