
८ असाेज, चितवन । पूर्वी चितवनकाे भानुचाेकमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
रत्ननगर नगरपालिका १० भानुचोकस्थित पूर्वपश्चिम राजमार्गमा टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ट्याङ्करले रोकिराखेको ना ३५ प ८७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झापा घर भई हाल हेटौंडा बस्दै आएका सुमन लुइँटेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी रविनबाबु रेग्मीले जानकारी दिए ।
उनी आफन्तकाे घर गैंडाकोट जाँदै थिए । शवलाई अहिले पाेष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएकाे छ । ठक्कर दिने ट्याङ्कर र चालक प्रहरीको नियन्त्रणमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4