+
+

प्रधानमन्त्रीका प्रेस प्रमुखको नाम समानुपातिक सूचीबाट हट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ९ गते १४:१९

९ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक उम्मेदवार हुन अयोग्य ५५० जनाको नाम हटाउँदा प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारको नाम पनि हटेको छ ।

उनी लाभको पदमा रहेको भन्दै आयोगले बन्द सूचीबाट नाम हटाएको हो । उम्मेदवार हुन अयोग्य हुनेमा धेरैजसो यसअघिको स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका तर खर्च विवरण नबुझाएका कारण आयोगका जरिवानामा परेकाहरु छन् ।

जरिवानाका कारण बन्दसूचीबाट नाम हट्नेमा नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका संसदमा प्रतिनिधित्व गरिसकेका दलका उम्मेदवारहरु पनि रहेका छन् ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार रहेका तर खर्च विवरण नबुझाएका कारण जरिवाना तिर्नुपर्ने ३६९ जनाको नाम बन्दसूचीबाट हटेको छ ।

उमेर नपुगेकार प्रतिनिधिसभाका २३ र प्रदेशसभामा २९ जनाको नाम हटेको आयोगले जनाएको छ । दोहोरो उम्मेदवारी परेकाले ६६ जनाको नाम हटेको छ । महिला पुरूषको विवरण फरक परेका ३७ व्यक्तिको नाम हटेको छ ।

मतदाता नामावलीमा नाम नै नभएका कारण ६ जनाको बन्दसूचीबाट नाम हटेको छ ।

हेर्नुहोस् समानुपातिकको बन्दसूचीबाट को कसकाे नाम हट्यो ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?