
९ कात्तिक, हेटौंडा । हेटौंडाबाट पुर्वी मकवानपुरकाे फापरबारीतर्फ गैरहेकाे यात्रुबाहक बसले पैदलयात्रीलाई ठक्कर दिंदा एक जनाकाे मृत्यु भएकाे छ ।
दिउँसो पाैने तीन बजे धरानचतरा सडकखण्ड अन्तर्गत हेटौंडा-१७ कठायत चाेकमा ना ४ ख ४०२२ नम्बरकाे बसले साेहि स्थानका अन्दाजी ४० बर्षीय साेम गाेलेलाई ठक्कर दिएकाे थियाे।
गम्भीर घाइते गाेलेलाई उपचारका लागि हेटौंडा अस्पतालमा पुर्याउनेबित्तिकै डाक्टरले मृत घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ । बस र चालक प्रहरीकाे नियन्त्रणमा रहेकाे प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4