+

च्याम्पियन्स लिगबाट बार्सिलोना बाहिरियो

२०७९ कात्तिक  १० गते ९:४७ २०७९ कात्तिक १० गते ९:४७
च्याम्पियन्स लिगबाट बार्सिलोना बाहिरियो

१० कात्तिक, काठमाडौं । स्पानिस क्लब बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

समूह चरणको पाँचौ खेलमा बायर्न म्युनिखसँग ३–० ले पराजित भएसँगै बार्सिलोनाको च्याम्पियन्स लिगको अर्को चरण प्रवेशको संभावना सकिएको हो ।

बायर्नलाई जिताउन माने, चुपो मोटिङ र पभर्डले गोल गरे ।

समूह चरणका एक खेल खेल्न बाँकी रहँदा बार्सिलोनाको ४ अंक मात्र छ । तेश्रो स्थानमा रहेको बार्सिलोना युरोपा लिगमा ट्रान्सफर भएको छ ।

यो समूहबाट बायर्न म्युनिख र इन्टर मिलान च्याम्पियन्स लिगको अर्को चरणमा पुगेका छन् । इन्टरसँग ४–० ले पराजित हुँदै चेक क्लब भिक्टोरिया पल्जेन चौथो स्थानमा रहँदै घर फर्कने छ ।

च्याम्पियन्स लिग बायर्न म्युनिख बार्सिलोना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय