
१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन् ।
भ्रातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको गत जेठमा निधन भएको थिए । प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका आफूले पनि लगाएका थिएनन् र अरुलाई पनि लगाइ दिएनन् ।
भाइको शोकमा रहेका कारण दशैं र तिहारमा टीका नलगाए पनि प्रधानमन्त्री देउवाले पत्नी आरजु राणासँगै लक्ष्मी पूजा गरेको तस्वीर भने लक्ष्मी पूजाको दिन सार्वजनिक भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4