
काठमाडौं । बिग बोसको नयाँ सिजन सुरु हुनु र अभिनेता तथा प्रस्तोता सलमान खानलाई डेंगु संक्रमण हुनु करिब एकसाथ भयो । डेंगुले सुताएका सलमान अब भने क्रमश: तंग्रिदैछन् । पूर्ण रुपले ठीक भइसकेपछि पुनः उनी बिग बोसको छायांकनमा व्यस्त हुनेछन् ।
डेंगुकै कारण उनले ‘विकेन्ड का वार’ एपिसोड छायांकन गर्न पाएका थिएनन् । अतः सलमानको अनुपस्थितिमा कार्यक्रमलाई अगाडि बढाएका थिए फिल्ममेकर करण जौहरले ।
डेंगुले उनलाई पूर्ण रुपमा छाडेको छैन । यसैबीच उनी आफ्ना ज्वाइँ आयुश शर्माको जन्मदिन मनाउन पुगेका थिए । सलमानले आउँदो बिहीबार विकेन्ड का वार छायांकन गर्नेछन् । यसमा सलमानसँग पाहुनाको रुपमा कटरिना कैफ रहनेछिन् । खासगरी क्याटरिना बिग बोसको यो सिजनमा आफ्नो फिल्म ‘फोन भूत’को प्रचारप्रसार गर्नका लागि उपस्थित हुन लागेकी हुन् । जगजाहेर छ, कटरिना सलमानकी पूर्वप्रेमिका हुन् । गत वर्ष कटरिनाले अभिनेता विक्की कौशलसँग विवाह गरेकी हुन् ।
प्रतिक्रिया 4