११ कात्तिक,काठमाडौं । अष्ट्रेलियामा भइरहेको टी-२० विश्वकप अन्तर्गत आयरल्याण्ड र अफगानिस्तानबीचको खेल टस नभई रद्द भएको छ ।
मेलवर्नमा लगातार पानी परेपछि सुपर १२ अन्तर्गत समूह ए मा रहेका दुई टिमबीचको खेलको टससमेत हुन नसकेपछि दुवैले १-१ अंक पाएका छन् ।
तीन खेलपछि तीन अंक नै जोडेको आयरल्याण्ड समूह ए मा दोस्रो स्थानमा उक्लेको छ । समान अंक रहेको न्युजिल्याण्ड राम्रो नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ । अफगानिस्तानले ३ खेलबाट २ अंक जोडेको छ ।
प्रतिक्रिया 4