
११ कात्तिक, वीरगञ्ज । बाराको पथलैयामा बस र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका १६ हटियाकी ४५ वर्षीया होमा थापा मगर रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए । मोटरसाइकल चालक उनको छोरा २३ वर्षीय पुजन थापा मगरको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा हेटौंडातर्फ जाँदै गरेको बा.प्र ०३–०४ प ८९७८ नम्बरको मोटरसाइकल सोही दिशाबाट गइरहेको ना ५ ख ५८०५ नम्बरको बससँग ठोक्किएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएकी होमालाई उपचारका लागि सिमरास्थित अल्पाइन अस्पतालमा लगिएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4