
१२ कात्तिक, दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
शुक्रबार बेलुकी पौने ९ बजे तुलसीपुर उपमहागनरपालिका– ६ मदन आश्रित चोक नजिकै रा ७ प १६२९ मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो ।
दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका –१७ मज्गैंका मोटरसाइकल चालक २४ वर्षका रवि बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए ।
दुर्घटनापछि घाइते बस्नेतलाई थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4