
काठमाडौं । नेपाली कांग्रेसले भाषा, साहित्य, कला र संस्कृति क्षेत्रमा पनि १७ बुँदे महत्वपूर्ण घोषणा गरेको छ ।
४ मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधिसभामा बहुमत ल्याएर सरकार बनाउन सके ती लागू गर्ने कांग्रेसको शनिबार सार्वजनिक चुनावी घोषणापत्रमा उल्लेख छ ।
नेपाली साहित्य, कला, संस्कृति, संगीत, सिनेमा र नाटक क्षेत्रमा लाग्दै आएका सबै किसिमका सेन्सरसिप वा बन्देजहरु खारेज गर्ने विषयलाई कांग्रेसले घोषणापत्रमा समेटेको छ ।
नाफामूलक व्यवसायिक एवं वित्तिय संस्थाहरुले खर्च गर्दै आएको सीएसआर अन्तर्गतको १५ प्रतिशत रकममध्ये कम्तीमा ५० प्रतिशत रकम साहित्य, कला, संस्कृतिका क्षेत्रमा खर्च गर्नैपर्ने व्यवस्था मिलाउने समेत कांग्रेसले उल्लेख गरेको छ ।
नेपाली फिल्म र सम्बन्धित क्षेत्रलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत राखिने र यसको नियमकारी संस्थालाई राष्ट्रिय चलचित्र आयोगको स्वरुपमा रुपान्तरण गरी पूर्ण स्वायत्त बनाइने समेत जनाइएको छ ।
कांग्रेसको घोषणापत्र निर्माण समिति २०७९ मा फिल्म निर्देशक मीनबहादुर भाम, विष्णुविभू घिमिरे र कवि श्रवण मुकारुङ सदस्य थिए । हेर्नूस भाषा, साहित्य, कला र संस्कृति क्षेत्रमा कांग्रेसले समेटेका विषयहरु :
प्रतिक्रिया 4