+
+

जुम्लामा राष्ट्रिय प्रशारण लाइनको विद्युत सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १२ गते २०:०१

१२ कात्तिक, जुम्ला । १९ असोजदेखि जुम्लामा विच्छेद भएको राष्ट्रिय प्रशारण लाइनको विद्युत शनिबारदेखि पुन सञ्चालन भएको छ ।

बाढी पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएसँगै विद्युत सेवा पनि अवरुद्ध भएको थियो । कर्णाली राजमार्गको दैलेख, कालीकोट हुदै जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ । सो क्षेत्रमा बाढीपहिरोले जुम्ला र कालीकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएपछि दुई सातादेखि विद्युत आपूर्ति हुन सकेको थिएन ।

नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलका अनुसार क्षति भएको स्थानमा मर्मतको काम सकिएपछि जुम्लामा विद्युत सेवा नियमित भएको छ । आधा महिना भन्दा बढी समयसम्म विद्युत अवरुद्ध हुँदा जुम्ला अध्याँरो भएको थियो ।

बिजुली आपुर्ति भएपछि सरकारी काममा पनि सजिलो हुने वितरण केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?