
१२ कात्तिक, धनगढी । कैलालीको चौमाला बजारमा आगलागी भएको छ । गौरीगंगा नगरपालिका वडा नम्बर १ मा पर्ने चौमाला बजारमा रहेको हिमाल मोबाइल ग्यालरीमा विद्युत तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले हिमाल मोबाइल ग्यालरीबाट सुरु भएको आगलागी फैलिएर चार वटा पसल जलेको जानकारी दिए । उनकाअनुसार आगो लागेका सबै पसल जलेर नष्ट भएका छन् ।
आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । अहिले गोदावरी नगरपालिकाबाट दमकल मगाइएको छ । क्षतिको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4