
काठमाडौं । विश्व संगीतको लागि एउटा पर्खाइ सकिएको छ । नयाँ गीत ‘लिफ्ट मी अप’ रिलिजसँगै अमेरिकी गायिका रिहानाको सांगीतिक पुनरागमन भएको छ । प्रदर्शन तयारीमा रहेको मार्भल सुपरहिरो फिल्म ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभरको ओर्जिनल साउण्ड ट्रयाक इन्टरनेटमा सार्वजनिक भएको छ ।
रिहाना स्वयंले लेखेको गीत फिल्मका मुख्य चरित्रमा अभिनय गरेका चाडविक बोसम्यानप्रति समर्पित छ । अभिनेता बोसम्यानको हालै क्यान्सरका कारण निधन भएको थियो ।
बुधबार भएको फिल्मको अमेरिका प्रिमियरमा समेत रिहाना उपस्थित थिइन् । गीतकार समेत रहेका टेडले रिहानाको आवाजमा गीत निर्माण हुनु उनीप्रतिको सम्मान भएको बताएका छन् ।
रायन कुगलर निर्देशित यो फिल्म आगामी शुक्रबार नेपालसहित विश्वभर प्रदर्शन तयारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4