
काठमाडौं । अभिनेता निखिल उप्रेतीलाई यतिबेला चुनावी चटारो छ । भोट माग्दै उनी मतदाताको घरदैलोमा पुगिरहेका छन् । केही दिनदेखि उनी सर्लाही क्षेत्र नम्बर ३ मा चुनावी अभियानमा व्यस्त छन् ।
तर निखिल चुनावी उम्मेदवार चाहिं होइनन् । न त उनी एमालेको पक्षमा यसरी खुलेका नै छन् । तर चलेका हिरो यसरी घरदैलोमा भोट माग्दै हिंड्नुको पछि कथा भने भिन्न छ ।
भइदियो के भने निखिलका दाजु हरि उप्रेती मंसिर ४ को चुनावमा सर्लाही-३ बाट प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार हुन् । पित्तथैलीको समस्याले उनका दाजु वीर अस्पतालमा भर्ना भएपछि चुनावी अभियान चलाउने जिम्मा निखिलको काँधमा आएको हो ।
अहिले एमाले कार्यकर्तालाई लिएर निखिल दाजु हरिका लागि भोट माग्न व्यस्त छन् । चुनावसम्मै दाजुलाई सघाउने उनको योजना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4