+

छातापिपरा भलिबल प्रतियोगिताको उपाधि सगरमाथा युवा क्लबलाई

२०७९ कात्तिक  १३ गते १८:४२ २०७९ कात्तिक १३ गते १८:४२
छातापिपरा भलिबल प्रतियोगिताको उपाधि सगरमाथा युवा क्लबलाई

१३ कात्तिक, वीरगञ्ज । दोश्रो छातापिपरा भलिबल प्रतियोगिताको उपाधि जीतपुरसिमरा–१३ को सगरमाथा यूवा समाज क्लबले जितेको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरामा शनिबार भएको अन्तिम खेलमा समाजसेवा युवा क्लबलाई हराउँदै सगरमाथाले उपाधी जितेको हो ।

छातापिपरा माध्यमिक विद्यालयको खेलमैदानमा कोल्हवी नगरपालिका–३ को समाजसेवालाई सगरमाथाले ३–० को सोझो सेटमा पराजित गर्न सफल भयो ।

समाजसेवाविरुद्ध आक्रमक खेल प्रदर्शन गरेको सगरमाथाले २५–१५, २५–१८ र २५–१६ को सहज नतिजा निकालेको थियो । विजेता भएसँगै सगरमाथाले १ लाख रुपैयाँ सहित शिल्ड हात पारेको छ भने उपविजेता समाजसेवाले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

क्वेस्ट फार्मास्युटिकल्सको मूख्य प्रायोजनमा भएको प्रतियोगितामा विजेता तथा उपविजेता खेलाडीहरुलाई पूर्वश्रम तथा रोजगारमन्त्री एवं बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले शिल्ड तथा प्रमाणपत्र वितरण गरे ।

प्रतियोगितामा आयोजक छातापिप्रा यूथ क्लब बारा सहित बारा, पर्सा, रौतहट र मकवानपुरका गरी १५ वटा टिम सहभागी भएका थिए ।

भलिबल प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय