+
+

नेपालमा ‘ब्ल्याक आडम’लाई एक करोड, ७७ लाखमा समेटियो ‘वान पिस रेड’

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १३:१६

काठमाडौं । ड्वेन रक जोन्सन स्टारर हलिउड सुपरहिरो फिल्म ‘ब्ल्याक एडम’ले नेपाली बक्स अफिसमा एक करोड रुपैयाँको आँकडा पार गरेको छ ।

फिल्मले दोस्रो सप्ताहन्त (आइतबार)सम्म १ करोड ४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । फिल्मको लाइफटाइम कलेक्सन अब एक करोड १० लाख ग्रस आसपासमा समेटिने देखिएको छ ।

‘हाम्रा लागि यो महत्वपूर्ण आँकडा हो,’ एप्पलकी कविता महर्जनले भनिन् । तिहार बिदाको फाइदा पनि फिल्मले उठायो । एक साता तिहार बिदा भएकाले अंग्रेजी दर्शकसामु फिल्मले उत्कृष्ट कमाइ गर्न सक्यो ।

केही बाहेक नेपालमा हलिउड फिल्मले करोडको आँकडा पार गर्न सकिरहेका छैनन् । यस्तोमा डीसी कमिक्सको सुपरहिरो फिल्मलाई लिएर प्रतीक्षा पनि थियो । नेपालमा द रक जोन्सनको राम्रै फ्यान फलोइङ समेत छ ।

यसैबीच, जापानी फिल्म ‘वान पिस रेड’ले आइतबारसम्म ७७ लाख रुपैयाँ ग्रस कमाएको छ । सीमित पर्दामा रिलिज भएको फिल्मको यो ‘सुपरहिट’ कमाइ नै हो । यस वर्ष जापानी बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड समेत वान पिसले राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?