
१४ कात्तिक, काठमाडौं । संसद विघटनबाट सुरु भएको तत्कालिन नेकपाको विवादका कारण जन्मिएको नेकपा एकीकृत समाजवादी आफ्नो घोषणापत्रमा संसद विघटनप्रति मौन बसेको छ ।
सोमबार सार्वजनिक एकीकृत समाजवादीको घोषणापत्रमा एमालेबाट अलग हुनुको कारण र औचित्यबारे प्रष्ट्याउने प्रयास गरिएको छ । यो प्रसँगमा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना समेत गरिएको छ । तर संसद विघटनबारे भने घोषणापत्र मौन छ ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि माधवकुमार नेपालको नेतृत्वमा तत्कालिन नेकपा एमालेका सांसदहरुले पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका थिए ।
एकीकृत समाजवादीले घोषणापत्रमा ‘हाम्रो विद्रोह र पार्टी पुनर्गठन’ शीर्षकमा पार्टी फुटाउनुको कारणबारे लामो ब्याख्या गरिएको छ । तर त्यहाँ संसद विघटनबारे केही उल्लेख गरिएको छैन ।
प्रतिक्रिया 4