
१४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आगामी मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणा पत्रमा एकीकृत समाजवादीले सरकारी कार्यालयहरूमा सम्पूर्ण आर्थिक कारोबारलाई नगदरहित भुक्तानी प्रणालीमा आबद्ध गर्ने उल्लेख गरेको छ ।
‘सेवाग्राहीले चाहे अनलाइनमार्फत उजुरी वा गुनासोसम्बन्धी निवेदन दिने र सार्वजनिक खरिद र निर्माण सम्बन्धी सम्पूर्ण काम अनलाइनमार्फत गर्ने व्यवस्था मिलाउन पहल गरिने छ’ घोषणा पत्रमा उल्लेख छ ।
यस्तै नेकपा एसले ‘प्रशासनिक, साधारण खर्च घटाऔँ, विकास खर्च बढाऔँ’ भन्ने नारा दिँदै फजुल खर्च नियन्त्रण गरी प्रशासनिक खर्च कम गर्ने र पूँजीगत खर्च बढाउन पहल गरिने दाबी गरेको छ ।
घोषणा पत्रमा प्रशासनिक तर्फ ‘पहिले आउने व्यक्तिको काम पहिले’ भन्ने नीति हरठाउँमा लागु गर्ने उल्लेख छ । सेवा सम्बन्धी उजुरी ग्रहणयोग्य छ/छैन वा कहाँ पठाउनुपर्छ भन्ने जानकारी उजुरी कर्तालाई सोही दिन दिने र उजुरीमाथिको निर्णय प्रकृति हेरी एक हप्ताभित्र दिने व्यवस्था लागु गर्ने व्यवस्था गर्न पहल गरिने लगायत विषय घोषणापत्रमा समेटिएका छन् ।
प्रतिक्रिया 4