
१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले सहरका विपन्न, असहाय तथा ज्येष्ठ नागरिकका लागि सामुदायिक आवास बनाउने वाचा गरेको छ ।
माओवादी केन्द्रले आज सार्वजनिक गरेको घोषणापत्रमा ‘सहरी विपन्न नागरिक, ज्येष्ठ नागरिक र असाहयका लागि सामुदायिक आवास निर्माण गरी आयस्तरको आधारमा निःशुल्कदेखि सशुल्क आवासको व्यवस्था गरिनेछ ।’
प्रमुख सहरमा यस्ता अवास बनाउने वाचा माओवादी घोषणापत्रमा गरिएको छ । यस बाहेक सहरमा रहेका निम्न–मध्यम र मध्यम वर्गका लागि भनेर सरकार र निजी क्षेत्रको लगानीमा सुपथ मूल्यमा अवास परियोजना सञ्चालन गर्ने माओवादी घोषणापत्रमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4