+
+

माओवादीको चुनावी प्रतिबद्धता : मोनो, मेट्रो रेलदेखि ट्रलीबससम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १६:०६

१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंमा मेट्रोदेखि मोनो रेलसम्म चलाउने योजना अगाडि सारेको छ ।

माओवादी केन्द्रले सोमबार सार्वजनिक गरेको चुनावी प्रतिबद्धतापत्रमा काठमाडौं उपत्यकाको बागमती, विष्णुमति, धोवीखोला र मनोहरा कोरिडोरमा मेनोरेल सञ्चालनका लागि योजना बनाउने उल्लेख गरेको छ ।

काठमाडौंको चक्रपथ र बूढानीलकण्ठदेखि ललितपुरको सानेपा तथा थानकोटदेखि भक्तपुरको साँगासम्म मेट्रो रेल चलाउने योजना सुरु गर्ने योजना पनि अघि सारेको छ । रेलसँगै काठडमाडौं उपत्यकामा बिजुलीबाट चल्ने ५ सय वटा बस चलाउने योजना प्रतिबद्धतापत्रमा समावेश गरिएको छ ।

यसबाहेक पोखारा, विराटनगर, बुटवल, जनकपुर, नेपालगञ्ज लगायत मुख्य शहरमा मेट्रो तथा मनो रेल र ट्रली बस चलाउने योजना अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?