
१४ कात्तिक, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध किटानी जाहेरी दिएकी नाबालिग बस्ने बानेश्वरस्थित होस्टलका सञ्चालकले घटना भएको भनिएको दिन किशोरीसँग सम्पर्क हुन नसकेको बयान दिएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा दर्ता गराएको अभियोगमा पत्रमा उल्लेखित बयानमा ५ भदौमा बेलुकासम्म उनी होस्टल नआएपछि उनको नम्बरमा फोन गर्दा सम्पर्क हुन नसकेको भनेका छन् ।
‘त्यसको भोलिपल्ट समेत निज होस्टलमा नआएपछि मोबाइलमा फोन सम्पर्क गर्दा म अब साथीसँग बस्छु भनेकाले मैले ठिकै छ भनेको थिएँ’, उनले भनेका छन्, ‘पछि भदौको २२/२३ गतेतिर सोसल मिडियामार्फत क्रिकेट खेलाडी लामिछाने उपर एक जना होस्टलमा बस्ने नाबालिकाले जबरजस्ती करणीको जाहेरी दिएको सुनेकी थिएँ ।’
पछि प्रहरीले भन्दा मात्रै घटनाबारे थाहा पाएको उनको बयान छ । होस्टल सञ्चालकले कलेज पढ्न जाँदा होस्टलमा कसैलाई सोधेर जानु नपर्ने भनेका छन् ।
‘उनले बिहान ६ बजे बागबजार कलेज पढ्छु भनी जाने र दिउँसो जापानिज भाषा पढ्न जान्छु भनी बाहिर जाने गर्थिन्’, उनले भनेका छन्, ‘५ भदौमा बेलुका रातिदेखि बिहान ७ बजेसम्म म होस्टलमा नै थिएँ ।’
प्रतिक्रिया 4