
१४ कात्तिक, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई ५१ किलोको माला लगाइएको छ ।
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १६ ईनर्वामा कुस्ती प्रतियोगिताको आयोजकले मेयर सिंहलाई ५१ किलोको माला लगाइदिएका हुन् ।
ईनर्वामा उनले सोमबार नेपाल–भारत अन्तर्राष्ट्रिय विराट कुस्ती प्रतियोगिता उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै मेयर सिंहले परम्परागत कुस्ती खेललाई व्यावसायिक रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।
कुस्ती खेललाई व्यवसायीकरण गर्न महानगरले वीरगञ्जमा तालिम सेन्टर स्थापना गर्ने घोषणा उनले गरे । प्रतियोगितामा नेपाल र भारतका ख्याति प्राप्त कुस्तीबाजहरु सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4