
६ कात्तिक, काठमाडौं । मेमोरी किङका रुपमा चिनिएका युवा अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् ।
शर्माले १ मिनटमा ८३ वस्तुहरुको क्रम स्मरण गरेर लण्डनको ‘वर्ल्ड बुक अफ रेकर्ड्स्’मार्फत नयाँ कीर्तिमान बनाएका हुन् ।
लण्डनबाट प्राप्त प्रमाण पत्र उनले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमार्फत ग्रहण गरेका छन् । प्रमाण पत्र हस्तान्तरण गर्दै ओलीले उनलाई नयाँ कीर्तिमानीका लागि बधाई दिए ।
उनले यसअघि सन् २०१५ मा १ मिनटमा ४२ वस्तुहरुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए ।
‘यो विश्व रेकर्डको प्रमाण पत्र मेरो मात्रै नभई सम्पूर्ण नेपालीहरुको भएको महसुस गरेको छु’, शर्माले भने, ‘आगामी दिनहरूमा अझै थुप्रै विधामा कीर्तिमानी राखेर नेपालको नाम विश्व सामु फैलाउने बाचा गर्दछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4