+
+

‘क्लाइमेट फन्ड’को रकम प्रयोगमा सहजीकरण गर्न अमेरिकासँग अर्थमन्त्रीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते १३:३१

१५ कात्तिक, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पर्यावरणसम्बन्धी समस्या भोग्दै आएको नेपालले ‘क्लाइमेट फन्ड’को रकम प्रयोग गर्न नपाएको भन्दै यसमा सहजीकरण गरिदिन अमेरिकासँग आग्रह गरेका छन् ।

अर्थ मन्त्रालयमा मंगलबार बिहान नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्प्सनसँगको भेटमा उनले यस्तो आग्रह गरेका हुन् ।

भेटमा अर्थमन्त्री शर्माले राजदूत थम्प्सनमार्फत् नेपाललाई संकटका बेला गरेको सहयोगप्रति अमेरिकी सरकार र जनतालाई धन्यवाद ज्ञापन गरेका थिए । ‘अमेरिकाले नेपाललाई संकट परेका बेला महत्वपूर्ण सहयोग गर्दै आइरहेको छ,’ उनले भने, ‘महाभूकम्प, कोरोना महामारीलगायत संकटमा अमेरिकाले गरेको सहयोगप्रति धन्यवाद छ ।’ उनले नेपाललाई अहिले ठूला पूर्वाधार आवश्यक भएकाले त्यसमा समेत अमेरिकी सहयोगको अपेक्षा रहेको बताए ।

यूएसएडलगायत अमेरिकी नियोगहरूमार्फत् नेपालमा निर्माण भइरहेका आयोजना सफलतापूर्वक सम्पन्न हुनेमा आफू विश्वास्त रहेको शर्माको भनाइ थियो । नेपालले पर्यावरण सम्बन्धी समस्या भोग्दै आइरहेको, तर पनि ‘क्लाइमेट फन्ड’ को रकम प्रयोग गर्न नपाएको भन्दै उनले त्यसमा अमेरिकाले सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।

राजदूत थम्प्सनले अमेरिका नेपालमा उत्पादित विभिन्न वस्तुको निर्यात लगायत क्षेत्रमा समेत सहयोग गर्न तयार रहेको बताए । उनले नेपाल र अमेरिकाको द्विपक्षीय हितका लागि अमेरिका कटिबद्ध रहेको उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?