+
+

एमालेको प्रतिबद्धता : निजगढ विमानस्थलदेखि सबै पालिकामा हेलिप्याड निर्माण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते १६:१६

१५ कात्तिक, काठमाडौं । नेकपा एमालले आगामी ५ वर्षमा निजगढ विमानस्थल निर्माण गर्ने बताएको छ । एमालेले आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गर्दै यस्तो बताएको हो ।

सबै प्रदेशमा रहेका विमानस्थललाई स्तरोन्नती र विस्तार गरी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नती गर्ने समेत घोषणा पत्रमा उल्लेख छ ।

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने समेत एमालेको भनाइ छ । सबै पालिकामा हेलिप्याड बनाउने योजनालाई पनि एमालेले दोहोर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?