+

पाचन प्रक्रिया : खाना खाएलगत्तै के गर्ने ?

२०७९ कात्तिक  १५ गते १६:४३ २०७९ कात्तिक १५ गते १६:४३
पाचन प्रक्रिया : खाना खाएलगत्तै के गर्ने ?

काठमाडौं । हामीले खाएको खानाबाट पाचनयन्त्रले शरीरलाई आवश्यक पोषकतत्व ग्रहण गर्छ । त्यही पोषकतत्वले हामीलाई तन्दुरुस्त राख्न सहयोग गर्छ । तर खाएको सबै खानेकुरा पच्छ भन्ने छैन । खाना राम्ररी पचेन भने यसको सोझो असर पाचन प्रक्रियामा पर्छ । त्यही कारणले पेटसम्बन्धी रोगले सताउँछ ।

खाना खाएपछि पाचनयन्त्रले कसरी काम गर्छ ?

हामीले मुखमा राखेको खानालाई दाँतले टुक्राउने र मसिनो बनाउने गर्छ । चपाएको खानालाई ¥यालले रसिलो बनाइदिन्छ । खाना चपाए। रसिलो र नरम भएपछि त्यो खाना हामी निल्छौं ।

आमाशयमा ग्यास्ट्रिक रसले खानालाई थप चिप्लो बनाइदिन्छ र त्यसमा भएको हानिकारक सूक्ष्म जीवाणुलाई समेत नष्ट गरिदिन्छ । त्यसपछि सानो आन्द्राको ड्युडेनममा खाना जान्छ र त्यहाँ पित्त तथा प्यान्क्रियाटिक रसले खानालाई रासायनिक रूपमा मसिनो बनाउने काम गर्छ । यसरी पाचनयन्त्रले खाएको खाना पचाउने काम गर्ने योग तथा आयुर्वेद विज्ञ डा. हरिप्रसाद पोखरेल बताउँछन् ।

शरीरलाई आराम कि सक्रियता ?

पाचन प्रक्रियाको लागि शरीरलाई आराम चाहिंदैन । खाना खाने बित्तिकै सुत्न तथा आराम गर्नु हुँदैन । खाना खाएपछि २०० पाइला हिंड्नुपर्छ भनिन्छ । खाना खानेबित्तिकै सुतियो भने पाचन प्रणालीले आफ्नो काम ढिलो गर्छ । जसले गर्दा खाना राम्ररी पच्न पाउँदैन र पाचन सम्बन्धी समस्या देखा पर्न सक्ने पोखरेल बताउँछन् ।

खाएको खाना राम्रोसँग पच्न शरीर सक्रिय हुनुपर्छ । हामीले खाएको खाना पच्न आधा घण्टादेखि चार घण्टासम्म लाग्छ । त्यसैले खाना खाने बित्तिकै आराम गर्नु वा सुत्न नहुने ग्यास्ट्रोलोजिस्ट एवं जनरल फिजिसियन डा. अवशेष भण्डारी सुझाउँछन् ।

‘खाना खाएलगत्तै सुत्ने आराम गर्ने गर्दा पाचन प्रणालीले आफ्नो काम समयमा गर्न पाउँदैन र पाचन प्रणाली ढिलो हुन्छ,’ उनी भन्छन् ।

खानालाई कसरी सुपाच्य बनाउने ?

हामीले खाना खाएपछि सबैभन्दा पहिले त त्यसलाई चपाउँछौ । खाएको खाना पच्न सबैभन्दा पहिलो प्रक्रिया हो यो । स्वास्थ्यको पूर्वीय मान्यता अनुसार ‘ठोसलाई पिऊ तरललाई चपाऊ’ भनिने पोखरेल बताउँछन् ।

‘यसको मतलब ठोस कुरा पनि यसरी चपाएर खाने कि लेदो बनेर पेटमा जाओस् र तरललाई पनि घटघट नपिउने मुखमा राखेर बिस्तारै त्यसको आनन्द लिएर पिउनुपर्छ जसले गर्दा हामीले खाएको खाना सहज रूपमा पच्छ,’ उनी भन्छन् ।

उनका अनुसार हाम्रो मुखमा निस्किने पाचन रस क्षयरीय गुणयुक्त हुन्छ र आमाशयमा निस्कने रस भने अम्लीय गुणले भरिएको हुन्छ । क्षयरीय गुणयुक्त रस मिसिएर खाना पेटमा गयो भने अति अम्लताको समस्या नहुने र खाना राम्रोसँग पच्छ ।

खाना खाने बेलामा पानी पिउनु पनि उचित नभएको पोखरेल बताउँछन् । ‘पानीले पाचन रसलाई पातलो बनाइदिन्छ र जसले गर्दा खाना पचाउने क्षमता कमजोर हुन्छ,’ उनी भन्छन् ।

खाएको खाना सहज र राम्ररी पच्न खाना खाने समय पनि निश्चित हुनुपर्छ ।

पाचनयन्त्र चुस्त कसरी बनाउने ?

पाचनयन्त्र सुधार्ने सरल र प्राकृतिक उपाय हो, सुपाच्य र सन्तुलित खानेकुरा सेवन गर्नु । त्यसैले सम्पूर्ण शरीरलाई स्वस्थ राख्न प्राकृतिक खानेकुरा खानुपर्छ । पाचनयन्त्रलाई चुस्त राख्न रेसा बोक्रा युक्त खानेकुरा खानुपर्ने पोखरेल बताउँछन् ।

‘मैदा, सेतो चामल जस्ता रिफाइन्ड खाना खानु हुँदैन । कारखानामा बनेको प्याकेट फुड र होटेलको फास्टफुड जस्ता खाना खानुहुँदैन । पाचनयन्त्र चुस्त बनाउन घरमा बनेको खाना, सागपात र फलफूल प्रशस्त मात्रामा खानुपर्छ,’ पोखरेल भन्छन् ।

हाम्रो पाचन प्रणालीलाई चुस्त राख्न राम्रो ब्याक्टेरियाको भूमिका हुन्छ । त्यसैले शरीरमा राम्रो ब्याक्टेरियालाई कायम राख्न घरमा बनेको राख्न दही, गुन्द्रुक, मस्यौरा जस्ता खानेकुरा खानुपर्छ । जसले भोजन पचाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने उनी बताउँछन् ।

साथै यी ब्याक्टेरियाले हर्मोनको सन्तुलन कायम राख्ने, विषादी बाहिर निकाल्ने तथा भिटामिन लगायतका अन्य हिलिङ तत्त्वको निर्माणमा सहायता प्रदान गर्छ । जसले गर्दा शरीरको पाचन प्रक्रिया स्वस्थ रहने उनी भन्छन् ।

खाना खाने बेलामा पानी खानु हुँदैन । तर खाना खाएको केही समयपछि प्रशस्त मात्रामा पानी पिउनुपर्छ, यसले पाचन प्रणाली राम्रो हुने डा. अवशेष भण्डारी बताउँछन् ।

तनाव लिइरह्यो भने पनि पाचन प्रक्रिया राम्रो हुँदैन । धेरै तनाव लिइरहने व्यक्तिको पाचन प्रणालीले राम्ररी काम गर्दैन । जसले गर्दा खाएको खाना राम्ररी पच्दैन र कब्जियत तथा अपच हुने सम्भावना हुन्छ । त्यसैले कम तनाव लिनुपर्छ यसले पनि पाचन प्रणाली चुस्त हुने डा. भण्डारी बताउँछन् ।

‘खानामा फाइबर, प्रोटिन कार्बोहाइड्रेट सबै कुराको मात्रा मिलेको हुनुपर्छ । जसले गर्दा पाचन यन्त्रलाई पनि त्यो पचाउन सहज हुन्छ,’ उनी भन्छन् ।

कस्तो खाना खाने र खाना खाएपछि के गर्ने भन्ने कुराले पाचनयन्त्रको काम निर्धारण गर्छ । त्यसैले खाना खाने बित्तिकै सुतिहाल्नु हुँदैन यसले पाचनयन्त्रको कामलाई ढिलो गरिदिन्छ ।  बेलुकाको खाना ७ बजे भन्दा अगाडि नै खानुपर्ने उनी सुझाउँछन् । बेलुकाको खाना छिटो खाएमा सुत्ने बेलासम्म त्यो पच्छ र पाचन प्रक्रिया पनि राम्रो हुने भण्डारी बताउँछन् ।

खाना पाचन प्रणाली
डा. अवशेष भण्डारी
लेखक
डा. अवशेष भण्डारी
जनरल फिजिसियन, पेट तथा कलेजोरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १०८८४ अध्ययन : एमबीबीएस, एमडी (ग्यास्ट्रोइन्ट्रोलोजी) हाल काठमाडौंस्थित हेल्पिङ ह्याण्ड्स अस्पताल र ग्यास्ट्रो एण्ड लिभर फाउन्डेसनमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?