+

नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल कात्तिक ३० गते, प्रशिक्षकमा प्रवेश कटुवाल

२०७९ कात्तिक  १५ गते १७:१९ २०७९ कात्तिक १५ गते १७:१९
नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल कात्तिक ३० गते, प्रशिक्षकमा प्रवेश कटुवाल

१५ कात्तिक, काठमाडौं । नेपाल र पाकिस्तानबीच यही कात्तिक ३० गते मैत्रीपूर्ण खेल हुने निश्चित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार दिएको जानकारीअनुसार खेल काठमाडौंस्थित दशरथ रंगशालमा हुनेछ ।

पाकिस्तानले दुई मैत्रीपूर्ण खेलका लागि एन्फालाई प्रस्ताव गरेको थियो । तर, एन्फाले निर्वाचनका कारण एक खेल मात्र खेल्न सक्ने जवाफ पाकिस्तानलाई पठाएपछि एक खेल मात्र हुने भएको हो ।

आन्तरिक विवादका कारण पाकिस्तान फुटबल फेडेरेसनलाई विश्व फुटबल महासंघले लामो समयदेखि निलम्वन गरेको थियो । गत जुन महिनामा निलम्बन फुकुवा भएपछि उसले पहिलोपल्ट अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

यसैबीच सो खेलका लागि एन्फाले प्रवेश कटुवाललाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको छ । कटुवालले मछिन्द्र फुटबल क्लबलाई लगातार दुई पटक ए डिभिजन लिगको उपाधि जिताएका थिए । एन्फाले गत असोजमा भएको बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि प्रदीप हुमागाईंलाई जिम्मेबारी दिएको थियो । अब्दुल्लाह अल्मुताइरीले राजीानमा दिएपछि एन्फाले राष्ट्रिय फुटबल टोलीका लागि प्रमुख प्रशिक्षक नियुक्त गरेको छैन ।

सोमबार एन्फा पदाधिकारीहरुको अनौपचारिक छलफलमा पाकिस्तान विरुद्धको खेलका लागि प्रशिक्षक नियुक्त गर्ने विषयमा पनि छलफल भएको थियो । जसमा केही नेपाली प्रशिक्षकको नाममा छलफल भएको थियो । तर, अन्तिममा कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरिएको हो ।

नेपाल फुटबल पाकिस्तान फुटबल मैत्रीपूर्ण फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय