
१५ कात्तिक, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्पसनले भेट गरेका छन् ।
सैनिक मुख्यालय जङ्गीअड्डामा मंगलबार भएको भेटवार्तामा उनीहरुबीच दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार–विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेनाले यस्ता भेटघाटले दुई देशबीचको सम्बन्धलाई सुमधुर एवं प्रगाढ तुल्याउन थप मद्दत पुग्ने विश्वास लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4