१५ कात्तिक, बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका धकधईमा मंगलबारदेखि वृहत खुल्ला कुस्ती प्रतियोगिता शुरु भएको छ ।
रोहिणी गाउँपालिकाको आयोजनामा रामनरेश यादव आदर्श नमूना माविको प्रांगणमा शुरु भएको प्रतियोगितामा नेपाल र भारतका दुई दर्जन बढी खेलाडीको सहभागितो छ ।
प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले लोप हुन लागेको कुस्ती खेलको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।
उनले खेलकुद क्षेत्रको विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार १ सय ११, द्वितीय हुनेलाई ५० हजार ५ सय ५५, तृतीयलाई २५ हजार २ सय २५ र सान्तत्वनालाई १५ हजार १ सय २५ रुपैयाँ प्रदान गरिनेछ ।
प्रतिक्रिया 4