
१६ कात्तिक, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनको उम्मेदवार मानुषीयमी भट्टराई मत माग्दै एमाले नेता अष्टलक्ष्मी शाक्यको घरमा पुगेकी छन् ।
मानुषीसँगको भेटमा अष्टलक्ष्मीले अहिले आफूहरूको बाटो अलग-अलग भए पनि नमिली सुखै नभएको बताइन् । ‘अब यथास्थितिमा अलग-अलग भएर गाली गलौजबाट नमिली सुखै छैन, हाम्रो देश बनाउने हो भने,’ अष्टलक्ष्मीले भनिन् ।
मानुषीले पनि अष्टलक्ष्मी प्रेरणाको स्रोत र अग्रज नेता भएको भन्दै उनले सुशासन र समृद्धिको बाटोमा अगाडि बढ्ने बताइन् । उ
नले भनिन्, ‘उहाँहरुले यति संघर्ष गरेर ल्याउनु भएको व्यवस्थाप्रति सम्मान गर्दै, त्यसैलाई आधार मानेर सुशासन र समृद्धिको बाटोमा हामी एकढिक्का भएर, एउटै मिसन बनाएर युवापुस्ता जान आतुर छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4