
काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खान आज (बुधबार) ५७ औं जन्मदिन मनाउँदैछन् । आफ्ना प्रिय अभिनेतालाई जन्मदिनको शुभकामना दिन मुम्बईस्थित शाहरुखको निवास बाहिर फ्यानको घुइँचो लागेको छ ।
केही नेपाली प्रशंसकले पनि बुधबार बिहान मन्नतमा पुगेर शाहरुखलाई जन्मदिनको शुभकामना दिएका छन् ।
चार वर्षसम्म भव्य जन्मदिन नमनाएका शाहरुखले यसपटक भने जन्मदिनलाई भव्य बनाउँदैछन् । किनभने अंग्र्रेजी नयाँ वर्ष २०२३ मा उनका तीन नयाँ फिल्म रिलिज हुँदैछन् ।
पठान, जवान र डंकी ।
जन्मदिनको अवसरमा फ्यानले शाहरुखको बर्थडे र उनको नयाँ फिल्म ‘पठान’को टिजरलाई ट्रेन्डिङ बनाइरहेका छन् । शाहरुखकै जन्मदिनको अवसर पारेर बुधबार यशराज फिल्म्सले पठानको टिजर सार्वजनिक गरेको छ ।
दीपिका पादुकोण र जोन अब्राहमको समेत मुख्य भूमिका रहेको पठान शाहरुखको प्रतीक्षित फिल्ममध्ये एक हो । ‘वार’ फेम्ड सिद्धार्थ आनन्द निर्देशित फिल्मको टिजर एक्सनप्रधान छ ।
पठानबाहेक शाहरुखका एटलीको फिल्म ‘जवान’ र राजकुमार हिरानीको सोसल ड्रामा ‘डंकी’ रिलिज हुँदैछन् ।
प्रतिक्रिया 4