
काठमाडौं । शौर्य सिमेन्टले ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर’ सार्वजनिक गरेको छ । १५ कात्तिकदेखि देश व्यापी रूपमा सुरु भएको यो योजना आगामी ३० पुससम्म लागु हुने कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत उपभोक्ताहरुले हरेक ५० बोराको खरिदमा १ प्रति कुपन प्राप्त गरी हातखाली नजाने ५०० देखि १० हजार रुपैयाँसम्मको कुपन स्क्र्याच गरी नगद प्राप्त गर्न सक्ने छन् । त्यसैगरी ५० बोरा भन्दा बढीको खरिदमा, एक भन्दा बढी कुपन प्राप्त गर्दा , शून्य अंक उल्लेखित कुपन परेको खण्डमा आफ्नो अर्को कुपनमा भएको रकम पछाडि शून्य थप गरी १ लाख रुपैयाँसम्म नगद प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4