
१६ कार्तिक, चितवन। पूर्वी चितवनको रत्ननगरमा रहेको सत्ता गठबन्धनको निर्वाचन प्रचारप्रसारको कार्यालयमा तालाबन्दी गरिएको छ ।
गठबन्धनप्रति असन्तुष्टी जनाउदै आएका नेपाली कांग्रेस युवाहरुले चितवन क्षेत्र नं १ प्रदेश सभा ‘ख’ कार्यालयमा बुधवार विहान तालाबन्दी गरेका हुन्।
नेपाली कांग्रेस निकट ३० देखि ४० जना युवाहरु सौराहाचोकस्थित कार्यालयमा पुगेर ताला लगाएका थिए ।
गठन्बधनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भित्र उम्मेदवार कै विषयमा असन्तुष्टी रहेको छ । निर्वाचन गतिविधिलाई सशक्त बनाउन नसकेको भन्दै नेतृत्वको आलोचनाका बीच युवाहरुले गठबन्धनको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
ताला लगाउन पुगेका नेविंसघका विद्यार्थी नेता आयूष श्रेष्ठले नेपाली कांग्रेसभित्रै आफूहरुलाई वाइपास गर्न खोजिएकोले ताला लगाएको बताए ।
‘जिल्ला नेतृत्वसँग पनि असन्तुष्टी छ, यहाँका नेताहरुसँग पनि छ, काखा र पाखा गर्ने काम भयो’ श्रेष्ठले भने, ‘हामीहरुको माग सम्वोधन नभएसम्म ताला जारी राख्छौं ।’
सत्ता गठवन्धनबाट सो क्षेत्रमा नेकपा एकीकृत समाजवादी कृष्ण खनाल उम्मेदवार छन् ।
प्रतिक्रिया 4