+
+

रिद्धिसिद्धीको ‘शून्यको कमाल उपभोक्ता मालामाल’ योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १७:०६

काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी रिद्धिसिद्धीले ग्राहकलाई लक्षित गरी ‘शून्यको कमाल उपभोक्ता मालामाल’ योजना सार्वजनिक गरेको छ ।

हात खाली नजाने उपहार अन्तर्गत हरेक ५० बोरा रिद्धिसिद्धी सिमेन्टको खरिदमा ग्राहकले स्क्रयाच कुपन प्राप्त गर्ने र सोही कुपनको आधारमा उपहार प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कुपनमा ५०० देखि १० हजार रुपैयाँ उल्लेख छन् ।

शून्य अंक उल्लेखित कुपन प्राप्त गर्ने ग्राहकले कुपनमा भएको रकम पछाडि शून्य थप गरी १० गुणासम्म रकम प्राप्त गर्न सकिने कम्पनीले बताएको छ । यद्यपि ५० भन्दा धेरै संख्यामा शून्यको कुपन भएपनि प्रत्यक कुपनमा एकपटक मात्र शून्यलाई पछाडि जोडेर एक लाख रुपैयाँसम्म रकम प्राप्त गर्न मिल्ने कम्पनीले बताएको छ ।

ग्राहकहरूलाई उच्च प्राविधिक प्रणालीमार्फत उत्पादित सिमेन्ट उपलब्ध गराउन र राष्ट्रमा सिमेन्ट गुणस्तरको नयाँ आयाम थप्न यस्तो योजना सार्वजनिक गरिएको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार यो योजना १५ कात्तिकदेखि आगामी ३० पुससम्म लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?