+
+

काठमाडौं-३ को उम्मेदवारी निष्क्रिय पार्न माओवादीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १६:५५

१६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं-३ बाट प्रतिनिधिसभा सदस्यको आफ्ना उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ।

माओवादी पार्टी केन्द्रीय कार्यालयले प्रतिनिधिसभा र प्रदेश सभा क को उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

सत्तारुढ गठबन्धनबीच उक्त क्षेत्रमा नेपाली कांग्रेसको उम्मेदवार रहने सहमति भएको थियो । तर माओवादी केन्द्रको स्थानीय कमिटीले नमानेर उम्मेदवारी कायम राखेको थियो ।

काठमाडौं-३ मा माओवादी केन्द्रबाट बद्री बजगाईले उम्मेदवारी दिएका थिए भने प्रदेशसभामा काठमाडौं ३ (क) मा कपिलमुनि उप्रेतीले उम्मेदवारी दिएका थिए ।

माओवदीले काठमाडौं-३ (ख) मा भने सत्ता गठबन्धनबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको भन्दै महेश्वर फुयालको उम्मेदवारी कायम राखेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?