+
+

न्यूरोडमा मृत भेटिएका व्यक्तिको आग्लो प्रहार गरेर हत्या भएको प्रहरी निष्कर्ष

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १७:२५

१६ कात्तिक, काठमाडौं । काठमाडौं-२४, जुद्ध शालिक नजिक मंगलबार मृत अवस्थामा फेला परेका व्यक्तिको काठाको आग्लो प्रहार गरेर हत्या भएको खुलेको छ ।

अन्दाजी ४४/४५ वर्षका पहिचान नखुलेका व्यक्तिको हत्या भएको निष्कर्षसहित प्रहरीले एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरको साविक पदमपोखरी, हालको हेटौंडा उपमहानगर–१२ घर भएका ६२ वर्षीय जीतबहादुर लामा छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार बुधबार दिउँसो १२ बजे मकवानपुर–२५, बांगेमुढामा लुकिछिपी बसेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो । मृतक मजदुरी गरेर जीविका चलाउँदै आएका व्यक्ति हुन् ।

प्रहरीले हत्यामा प्रयोग भएको आग्लो पनि बरामद गरेको छ । सामान्य विवादमा झगडा हुँदा घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी मैनालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?