
१६ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा प्रमुख दल र स्वतन्त्र उम्मेदवारको सहभागितामा उम्मेदवार मेला आयोजना गरिएको छ । भूगोलपार्क प्रालि आयोजक रहेको मेला काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरू भएको हो ।
मेलामा उम्मेदवारहरुले राष्ट्रिय र स्थानीय मामिलामा मतदातासँग आ–आफनो दृष्टिकोण प्रस्तुत गरेका छन् । अन्यत्र यस्तो प्रचलन भए पनि नेपालका लागि यो नयाँ अभ्यास हुने आयोजकको भनाइ छ ।
‘यो कार्यक्रममा मतदाताले एकै ठाउँमा एक भन्दा बढी उम्मेदवार भेट्नेछन् भने उम्मेदवारका लागि पनि आफू अरुभन्दा योग्य छु भनेर देखाउने महत्वपूर्ण अवसर हो।’, प्रालिका प्रबन्ध निर्देशक सिमोन ढुगांनाले भने ।
तस्वीरहरु : चन्द्रबहादुर आले
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4