+
+

चुनाव रोक्न माग गर्दै परेको रिट सर्वोच्चले गरिदियो दरपीठ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १७:४९

१६ कात्तिक, काठमाडौं । निर्वाचन स्थगित गर्न माग गर्दै सर्वोच्च अदालतमा पेश भएको रिट सर्वोच्च अदालतका रजिस्ट्रारले दरपीठ गरिदिएका छन् ।

समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले महिला, सीमान्तकृत, अल्पसंख्यक, पिछडावर्ग तथा अशक्त, लैङ्गिक अल्पसंख्यक समुदायलाई उम्मेदवार हुनबाट वञ्चित गरिएको भन्दै निर्वाचन स्थगित गर्न माग गरी रिट पेश गरेका थिए ।

तर उक्त रिट प्रक्रिया पूरा नगरी पेश भएकाले दरपीठ गरिएको सर्वोच्चकी रजिस्ट्रार निर्मला पौडेलले बताएकी छन् ।

हेर्नुहोस् दरपीठको आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?