
१६ कात्तिक, विराटनगर । मोरङ क्षेत्र नम्बर ६ (क) का स्वतन्त्र उम्मेदवार नविन दाहालले गठबन्धनका उम्मेदवार जीवन आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रीय बनाएका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता दाहालले बुधबारबाट गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका केन्द्रीय सदसय आचार्यलाई समर्थन गरेका हुन् ।
डाक्टर शेखर कोइरालासँगको छलफलपछि दाहाल आफ्नो उम्मेदवारी निष्क्रीय बनाउन राजी भएका थिए ।
कोइराला निवासमा कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला, कांग्रेस प्रदेश–१ का उपसभापति रमेशजंग रायमाझी, मोरङ कांग्रेसका कार्यवाहक सभापति नागेश कोइरालालगायतको उपस्थितिमा उम्मेदवारी निष्क्रिय बनाउने घोषणा गरेका थिए ।
३३ वर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेको दाहालले गठबन्धनको पक्षमा माहोल सिर्जना गर्न आफूले उम्मेदवारी फिर्ता लिएको बताए ।
मोरङ क्षेत्र नम्बर ६ (१) मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता जीवन आचार्य प्रदेश सदस्यका लागि उम्मेदवार बनेका छन् ।
उनी २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थिए । आचार्य माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका ज्वाईं पनि हुन् । क्षेत्र नम्बर ६(१)मा एमालेबाट निजी स्कुल सञ्चालक रिता न्यौपाने उम्मेदवार छिन् ।
प्रतिक्रिया 4