
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले बुधबारदेखि पोखरा महानगरपालिकामा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुईवटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २९२ पुगेको छ ।
बैंकका अनुसार पोखरा महानगरपालिका-१७ स्थित बिरौटा र वडा नं. २४ स्थित पामेमा एकैसाथ दुई वटा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो । नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4