
१६ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजाललाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
उनले काठमाडौं–७ (२) मा नेपाली कांग्रेसको प्रदेशसभाका उम्मेदवार सविन तामाङको प्रचार प्रसारमा हिँडेको र उनलाई जिताऔं भन्दै सामाजिक सञ्जालमा भोट मागेको भन्दै आयोगले जरिवाना गरेको हो ।
निर्वाचन आचारसंहितामा स्थानीय तहको कार्यपालिका सदस्यले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रसार प्रसार गर्न नपाउने व्यवस्था छ ।
रिजालले आफू प्रचार प्रसारमा सहभागी नभएको जिकिर गरेका थिए । तर उनको फेसबुकबाट निकालिएको कागजातबाट उनी प्रचार प्रसारमा संलग्न भएको पाइएकाले जरिवाना गर्ने निर्णय भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4